Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रिय जनगणनामा दुई जाति थपिए

राष्ट्रिय जनगणनामा दुई जाति थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • ०९:५३:४० बजे
  • 835
    SHARES
  • राष्ट्रिय जनगणनामा दुई जाति थपिए

    गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन्। चुम र नुब्री उपत्यकाका भोटे लामा समुदाय यसपटक छुट्टै जातिका रूपमा समेटिएका हुन् ।

    images

    चुमवासीले गणकसँग जात र भाषा चुम्बा अनि नुब्रीवासीले नुब्री नै लेखाएका छन्। लामा थर लेख्ने गरेका उनीहरूलाई २०६८ सालको जनगणनामा तामाङअन्तर्गत सूचीकृत गरिएको थियो।

    संस्थागत रूपमा र युवाहरूको सामूहिक पहलमा जनगणनामै वास्तविक जात र भाषा लेखाउन अभियान सञ्चालन गरिएको किमोलुङ फाउन्डेसनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताए।

    ‘नुब्री उपत्यकावासीले जाति र भाषामा नुब्री लेख्न र चुम उपत्यकावासीले चुम्बा लेख्न हामीले घरदैलो अभियान सञ्चालन गरी सचेत गरायौँ’, उनले भने, ‘सामाजिक सञ्जालमार्फत पनि प्रचार–प्रसार गरिरहेका छौं।

    टोल–टोलका अगुवालाई टेलिफोन गरी सचेत गराइरहेका छौं।’ यसपटकको जनगणनामा पहिचान स्थापित हुने विश्वास उनले व्यक्त गरे। आफ्नो पहिचान स्थापित गराउन स्थानीय युवा नै गणकमा खटिएको नुब्री क्षेत्रका पेमा ग्याल्बो लामाले बताए।

    ‘तल्लो भेगका गणकले हाम्रो मर्म र भावनाअनुसार काम नगर्ने अनुमान गरी यसपटक प्रत्येक वडामा स्थानीय सचेत युवा गणकमा खटिएका छौं’, उनले भने, ‘गाउँका अशिक्षित, निमुखा व्यक्तिले वास्तविक तथ्यांक टिपाउन सकेनन् भने पनि स्थानीयस्तरका गणकले मिलाएर टिप्नेछन्।

     चुम्बा र नुब्रीले ‘कोड’ भने नपाएकाले तथ्यांक विभागसँग समन्वय गरी कोड नम्बर नलेखी चुम्बा र नुब्री लेखेको उनले बताए। ‘हामीले तथ्यांक विभागसँग पनि समन्वय गरेका छौं।

    जिल्ला जनगणना कार्यालयसँग समन्वय गरी कोड नम्बर नलेखी चुम्बा र नुब्री लेखेका छौं’, उनले भने, ‘त्यसरी नै पठाएपछि विभागले नै कोड नम्बर राखिदिने भनेको छ।’

    समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय जनगणना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology