Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ससुराली घरमा पासो लगाएर २६ वर्षीय युवाले गरे आत्महत्या

ससुराली घरमा पासो लगाएर २६ वर्षीय युवाले गरे आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • १३:४७:३४ बजे
  • 1.1K
    SHARES
  • ससुराली घरमा पासो लगाएर २६ वर्षीय युवाले गरे आत्महत्या

    धनुषामा एक युवाले आत्महत्या गरेका छन् । मिथिला नगरपालिका–२ बस्ने २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति मिथिला नगरपालिका–५ स्थित श्रीपुरमा रहेको ससुराली घरमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

    images

    झुण्डिएको बेला अचेत फेला परेका रामचन्द्रलाई उपचारका लागि जनकपुरस्थित अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

    मृतक महतोको खल्तीमा सुसाइड नोटसमेत फेला परेको उनको भनाइ छ ।

    सुसाइड नोटमा उनले ससुरालीमाथि आरोप लगाउँदै लेखेका छन्, ‘ससुरालीका सबै परिवारजन मिलेर सोमबार निर्घात कुटपिट गरेकाले मेरो मृत्यु भए त्यसको सम्पूर्ण जिम्मेबार ससुरालीका सबै सदस्य हुने छन् ।’

  • सम्बन्धित विषय:

  • # युवाले गरे आत्महत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology