Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७८ मंगलवार • १८:२२:५४ बजे
  • 916
    SHARES
  • थप ३७७ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

    मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १४९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ६ हजार ५०५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३९ जना र २ हजार ६४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १२ हजार ८४६ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ७० जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार १४९ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख २२ हजार ९४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology