Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • ०८:२३:४४ बजे
  • 820
    SHARES
  • आजको राशिफल

    आजको दिन घर व्यवहारका काम गर्नु उत्तम मानिन्छ । बैंक वा कुनै व्यापारिक कामका लागि ऋण लिनु परेमा बुधबारको दिन उपयुक्त मानिन्छ । बुधबारको दिन यात्रा गर्दा उत्तरदिशातर्फ यात्रा गर्दा उपयुक्त मानिन्छ ।

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    चन्द्रमाको साथ रहेकाले तपाईँको सोच अनुसार काम हुनेछ । तपाईले गर्नुभएको कामको सम्मान हुनेछ । सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईलाई मानसम्मान मिल्नेछ । आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    आजको दिन त्यति अनुकूल छैन । मानसिक चिन्ता, अनसन्तुष्टि रहन सक्छ । यात्राका लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । यदी यात्रामा निस्कनुभन्दा पहिले तपाईँको नजिकै रहेका कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने अनुकूल हुनसक्छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    आज परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बाल्ने बढी मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण सोचअनुसार काम नहुँदा हुने चिन्ताले तपाईमा एकप्रकारको डर उत्पन्न भइरहन्छ । तपाईँमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    आर्थिक लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर जानेछन् । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार र कामबाट तपाईँलाई सफलता मिल्नेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    तपाईँको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईमा केही घमण्डका कारण आफैले गरेको कार्यबाट हानी हुनसक्छ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)
    दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले व्यापारको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईँलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको सफलता मिल्नेछ ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
    आजको दिन मनमा निराशा छाउनसक्छ । तपाईँको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईँमाथि अनेक आरोप आउँछन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
    व्यापारबाट आजको दिन लाभ हुने देखिन्छ । तपाईँको समयानुकूल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत तपाईँको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । आजको कुनै शिवालय र देवालयको दर्शन गरेर मात्र काम शुरुवात गर्दा भलो हुनेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
    तपाईँलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईँलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
    व्यापार, लेखन, र तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    आजको दिन समय त्यति अनुकुल देखिदैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला । नियमित काम बाहेक अन्य काम गर्दा हानी हुनसक्छ ।

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
    व्यापारमा भएकालाई दिन उत्तम छ । धनलाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । आजको दिन घरको लागि आवश्यक केही सामान खरिद गर्दा परिवारमा खुसी छाउने छ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology