Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धारिलो हतियार प्रयोग गरी श्रीमतीको ह-त्या

धारिलो हतियार प्रयोग गरी श्रीमतीको ह-त्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • १३:०२:०५ बजे
  • 1.0K
    SHARES
  • धारिलो हतियार प्रयोग गरी श्रीमतीको ह-त्या

    लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।

    images

    सन्तबहादुर राईले श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार राति २३ः३० बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

    श्रीमतीको हत्या गरेपछि उनले पनि घाँटी रेटेका थिए । उनलाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए ।

    उनलाई प्रहरीले जिल्ला अस्पताल गाईघाटमा उपचारको लागि ल्याएको छ । हत्याको बारेमा थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

    मृतक चतुरमाया सन्तबहादुरीकी कान्छी श्रीमती हुन् ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology