Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कारागारमा कैदी बन्दीद्वारा आत्म-हत्या

कारागारमा कैदी बन्दीद्वारा आत्म-हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७८ बुधवार • १७:१८:४३ बजे
  • 694
    SHARES
  • कारागारमा कैदी बन्दीद्वारा आत्म-हत्या

    गौर कारागारमा एकजना कैदीले आत्महत्या गरेका छन् । जवरजस्ती करणी , अपहरण र शरिर बन्दुकको मुद्दामा २१ वर्ष कैद सजाय भोगिरहेका २४ वर्षीय लडाइ साहले आ-त्मा-ह-त्या गरेका हुन् ।

    images

    उनले कारागारको शौचालयमा डोरीको पासो लगाएर दिउँसो करिब पौने २ बजेको समयमा आ-त्म-ह-त्या गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिनुभयो ।

    मृतक साह देवाही गोनाही नगरपालिका ५ का स्थानीय बासिन्दा रहेको र उनले किन आत्महत्या गरेको भन्ने अझैसम्म नखुलेको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो ।

    डोरीको पासो लगाएर आत्माहत्या प्रयास गरेका साहलाई गौर अस्पताल पुर्याए लगतै अस्पतालले मृत घोषणा गरेको थियो । गौर कारागारका प्रमुख शम्भु प्रसाद यादवले २ वर्ष कैद सजाय भुक्तान गरिसकेका मृतक साहले धेरै वर्ष कैद सजाय भ‌एकाले डिप्रेसनमा परेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।

    यता गौर कारागारका मुख्य नाइके र नाइकेहरुले चरम मानसिक एवम् शारिरिक यातना दिने गरेकाले आत्महत्याको कारण त्योपनि हुनसक्ने भन्दै त्यसको सत्यतथ्य छानबिन हुनुपर्ने पूर्व कैदीबन्दी राजेश गिरीले माग गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology