Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आजको मौसम

आजको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • ०८:२१:०६ बजे
  • 670
    SHARES
  • आजको मौसम

    अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ ।

    images

    जसकारण आज बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।

    आज दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमको मौसममा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    त्यसैगरी आज राती प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू–भागहरूको मौसममा आंशिक देखि सामान्य बदली हुनेछ ।

    बाँकी भू–भागको मौसममा आंशिक बदली रहने महाशाखाले जनाएको छ। शुक्रबार उच्च पहाडी तथा हिमाली भू–भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबार बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहनेछ ।

    गण्डकी र कर्णालीका हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology