Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली महिला क्रिकेटले हात पार्‍यो पहिलो अन्तर्राष्ट्रिय सफलता

नेपाली महिला क्रिकेटले हात पार्‍यो पहिलो अन्तर्राष्ट्रिय सफलता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • ०८:२२:१९ बजे
  • 1.1K
    SHARES
  • नेपाली महिला क्रिकेटले हात पार्‍यो पहिलो अन्तर्राष्ट्रिय सफलता

    नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । बुधबार (आज) दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा कतारविरुद्ध ६१ रनको जित निकाल्दै नेपालले ३ म्याचको सिरिज जितेको हो ।

    images

    ३ खेलको पहिलो सिरिजमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको थियो । १ सय ३० रनको लक्ष्य पछ्याएको कतार ३ बल बाँकी रहँदै ६८ रनमा अलआउट भयो ।

    कतारका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन जोडिन्, भने केरी पोनसेटले १५ रन जोडिन् । त्यस्तै नेपालका लागि सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट र कप्तान रुविना क्षेत्रीले २ विकेट हात पारे ।

    त्यस्तै संगिता राई र सवनम राईले समान १–१ विकेट लिए । यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय २९ रन बनायो । नेपालका लागि कप्तान रुबिनाले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् ।

    उनले ४८ बलमा ५० रन पूरा गरेकी हुन् । रुबिनाले ४ चौका र १ छक्का प्रहार गरिन् । उनको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो । त्यस्तै कविता कुँवरले ३१ रन र ज्योति पाण्डेले ६ रन जोडे ।

    यता सरिता मगर ४, काजल श्रेष्ठ ३ तथा डोली भट्ट सून्य रनमा आउट भए । त्यस्तै अप्सरी बेगम २३ रनमा अविजित रहदा कविता जोशी सून्य रनमा अविजित रहिन् ।

    कतारकी एन्जेलिन मारेले २ विकेट तथा एलिना खान, साची ढाटवाल र सविजाले एक–एक विकेट लिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology