Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु, ११ घाइते

रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु, ११ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • १९:२३:०२ बजे
  • 1.1K
    SHARES
  • रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु, ११ घाइते

    रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

    images

    दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो ।

    दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ ।

    बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । बसमा सवार १८÷२० जना सवार रहेको अनुमान गरिएको छ ।

    बस सडकदेखि १०० फिट तल खसेको छ । यस घट्नाबारे विस्तृत विवरण आउन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # रोल्पामा बस दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology