Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सामूहिक बलात्कारपछि मारेको आरोपमा २ जना पक्राउ

सामूहिक बलात्कारपछि मारेको आरोपमा २ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७८ बिहिवार • २०:५९:२९ बजे
  • 706
    SHARES
  • सामूहिक बलात्कारपछि मारेको आरोपमा २ जना पक्राउ

    महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरीका ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि मारेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालिका–५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा बताए ।

    गत असोज १३ गते ३५ वर्षीया एक महिलालाई आरोपित दुवैले वनमा लगेर बलात्कार गरेको स्वीकार गरेका छन् । बेहोस अवस्थामा रहेकी ती महिलालाई गाउँकै निजी स्वास्थ्य क्लिनिकमा र दिउँसो अवस्था झन बिग्रिएपछि प्रादेशिक अस्पताल जनकपुर लगेकोमा उनको उपचारकै क्रममा १४ गते राति मृत्यु भएको थियो ।

    मण्डल र अर्का आरोपी यादवलाई बुधबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । दुवैलाई जबरजस्ती करणी तथा हत्या मुद्दामा कारबाही अगाडि बढाइएको छ ।

  • सम्बन्धित विषय:

  • # सामूहिक बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology