Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज ५५३औं गुरु नानक जन्मजयन्ती मनाइँदै

आज ५५३औं गुरु नानक जन्मजयन्ती मनाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • ०९:५४:४७ बजे
  • 640
    SHARES
  • आज ५५३औं गुरु नानक जन्मजयन्ती मनाइँदै

    शिख धर्मका प्रवर्तक गुरु नानकको आज ५५३औं जन्मजयन्ती । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्म जयन्ती मनाउने गर्छन ।

    images

    गुरु नानकको जन्म १५ अप्रिल १४६९ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तको तलबडी भन्ने ठाउँमा भएको थियो । त्यस स्थानलाई अहिले ननकाना भनिन्छ ।

    गुरू नानक शिख धर्मावलम्बीका प्रथम गुरूसमेत हुन् । उनलाई उनका अनुयायीहरूले बाबा नानक, नानकशाह पनि भन्छन् । सन् १४८५ मा सुलक्खनी नाम गरेकी महिलासँग विवाह गरेका उनको श्रीचन्द दास र लक्ष्मीचन्द दास गरी दुई छोरा थिए ।

    उनी ‘ईश्वर एक छन् ईश्वर नै सर्वशक्तिमान हुन् र यो नै सत्य हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्ने व्यक्ति थिए । उनले रचना गरेको जपुजी नामक ग्रन्थलाई शिख सम्प्रदायको गीताको रूपमा मानिन्छ ।

    यसलाई शिखहरू नित्य पाठ गर्ने गर्दछन् । उनको मृत्यु २२ डिसेम्बर १५३९ मा भएको थियो । मृत्युअघि उनले आफ्नो गुरु गद्दीलाई आफ्ना शिष्य गुरू अंगददेवलाई जिम्मा लगाएका थिए ।

    भारतको पंजाबमा रहेको पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गर्दैै शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन् ।

  • सम्बन्धित विषय:

  • # जन्मजयन्ती मनाइँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology