Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विमानस्थलबाट दुई किलो सुन बरामद

विमानस्थलबाट दुई किलो सुन बरामद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १४:३६:२४ बजे
  • 697
    SHARES
  • विमानस्थलबाट दुई किलो सुन बरामद

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएको दुई यात्रुको साथबाट सुन बरामद भएको हो ।

    images

    पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहानी छन् । उनीहरुलाई विमानस्थलको पार्किङबाट दुई किलो तरल सुनसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।

    दुबइबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाजमा आएका उनीहरुको महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो ।

    दुबइ विमानस्थलमा सुन पठाउने समूहले ‘कट्टु लगाएर जानु’ भनेर सुन लुकाएको भित्री कट्टु दिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # दुई किलो सुन बरामद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology