नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा २९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ७ हजार ७७७ आरटी पिसिआर र १ हजार १९५ एन्टिजेन गरी कुल ८ हजार ९७२ जनामा परीक्षण गरिएकोमा २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ७ हजार ५३९ जना संक्रिय संक्रमित छन् । मन्त्रालयकाअनुसार शुक्रबार देशभरबाट ३६९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।
योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा ५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ ।
योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।