Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी

बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • ०९:०७:०९ बजे
  • 1.6K
    SHARES
  • बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी भएको जानकारी दिएका छन् ।

    images

    नेपालमा बेरोजगार अवस्थामा रहेका स्टाफ नर्स पठाउनका लागि सम्झौताको तयारी गरिरहेको जानकारी मन्त्री श्रेष्ठले दिएका हुन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले बेलायतजस्तो अन्य आकर्षक र सुरक्षित गन्तव्य देशको पनि खोजी गरिरहेको जानकारी दिए ।

    श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमल बेलायतको सन्दर्भमा नेपाली नर्स पठाउनका लागि श्रमिकमैत्री सम्झौता गर्ने विषयमा सम्बन्धित सरोकारवालासँग छलफल गरिरहेको र यसमा छिट्टै टुुङ्गो लाग्ने बताए ।

    सचिव गौतमले यसअघि सम्झौता भएका तर समय सकिएका मुुलुकहरूको पनि सम्झौता पुनरावलोकन गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिए ।

    समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # १० हजार स्टाफ नर्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology