नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ४ हजार १४५ आरटी पिसिआर र २ हजार ९९१ एन्टिजेन गरी कुल ७ हजार १३६ जनामा परीक्षण गरिएकोमा २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ७ हजार ३०३ जना संक्रिय संक्रमित छन् । मन्त्रालयकाअनुसार शनिबार देशभरबाट ४४४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।
योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ९९ हजार ९८९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा एक जनाको संक्रमणबाट मृत्यु भएको भएको छ ।
योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ४९५ पुगेको छ ।