Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिजुलीको खपत बढाउँदै प्राधिकरण

बिजुलीको खपत बढाउँदै प्राधिकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • ०८:२८:४३ बजे
  • 649
    SHARES
  • बिजुलीको खपत बढाउँदै प्राधिकरण

    नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईंको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका छन् ?

    images

    यदि छन् भने तपाईँले प्राधिकरणको केन्द्रीय कार्यालयमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ । सार्वजनिक बिदाको दिनबाहेक यहाँले सिधा सम्पर्क गरेर आफूले लिन चाहेको सेवाका बारेमा जानकारी लिन सक्नुहुनेछ ।

    वितरण केन्द्रका कर्मचारी वा प्राधिकरणका कुनै पनि निकायले ढिलाइ गरे नगरेको जानकारीसमेत दिन सक्नुहुनेछ ।

    बिजुलीको खपत बढाउने उद्देश्यका साथ प्राधिकरणले माग गरेको बढीमा तीन दिनभित्रै सबै प्रकारको सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

    नयाँ लोड स्वीकृतिमा ढिलाइ भएको भन्ने गुनासो आएपछि त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि चासो राख्नुभएको थियो ।

    प्राधिकरणको सञ्चालक समितिको बैठकले माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ । कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # बिजुलीको खपत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology