बागलुङको निसीखोला गाउँपालिका—५ मा पहिरोमा पुरिएर दुइ बालको मृत्यु भएको छ ।लगातारको वर्षाका कारण निसीखोला ५ कारी गाउँमा गएराती गएको पहिरोका कारण दुई जना बालकको मृत्यु भएको हो ।
घरमाथिबाट झरेको पहिरोले पुरिंदा स्थानीय हिराबहादुर विकका १३ वर्षका छोरा विदेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएको निसीखोला ४ का वडाध्यक्ष टिकानिधि पौडेलले बताए ।