Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दाङमा बस दुर्घटना, २९ यात्रु घाइते

दाङमा बस दुर्घटना, २९ यात्रु घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • ०९:२७:५१ बजे
  • 1.5K
    SHARES
  • दाङमा  बस दुर्घटना, २९ यात्रु घाइते

    सुर्खेतबाट काठमाडौँतर्फ गइरहेको बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् ।

    images

    कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको उक्त बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना भएको हो ।

    वडा प्रहरी कार्यालय लमहीका अनुसार बसमा सवार रहेका २९ यात्रु घाइते भएका हुन् ।

    ७ जना घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

    अन्य घाइतेहरुको भने लमही अस्पतालमै उपचार भइरहेको छ । बसको पट्टा भाँचिएर अनियन्त्रित भएपछि दुर्घटनाग्रस्त भएको हो । घाइतेहरुको पहिचान खुल्न सकेको छैन

  • सम्बन्धित विषय:

  • # २९ यात्रु घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology