Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वेपत्ता युवा छ दिनपछि मृत फेला

वेपत्ता युवा छ दिनपछि मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • १३:१८:२३ बजे
  • 1.4K
    SHARES
  • वेपत्ता युवा छ दिनपछि मृत फेला

    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् ।

    images

    उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता बनेका राई शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेका हुन् ।

    मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पतालमा उपचारमा लगेर घर ल्याउने क्रममा राति पिसाब फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्कविहीन बनेका थिए ।

    उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा पर्ने घुम्नेमा अफ्ठ्यारो भीरमा फेला परेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका वडाध्यक्ष राजदेश राईले बताए ।

    उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालयमा २ मंसिरमा जाहेरी दिएका थिए ।

    २८ कात्तिकमा बारीको कान्लाबाट लड्दा अनुहार र टाउकोको भित्री भागमा गम्भीर असर पुग्दा उनको मानसिक सन्तुलन गुमेको थियो ।

    मानसिक सन्तुलन गुमाएर ‘अस्थिर’ र बेहोसमा कुरा गर्न थालेपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा उपचारमा राखेकै बेला पनि निस्केर हिँडेका उनी गाईघाटको शिवालयटोलमा भेटिएका थिए ।

    पुन उपचारमा लैजान खोज्दा ‘ठीकै छु, घर जान्छु’ भनेपछि उनलाई गाडीमा हिँडाइएको थियो ।

    ३० कात्तिकमा विप्लव नेतृत्वको नेकपा माओवादीले बन्द आह्वान गरेका कारण उनलाई अघिल्लो दिन राति गाईघाटबाट खोटाङ हिँडाइएको वडाध्यक्ष राईले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology