Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित ४ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • १४:१८:३४ बजे
  • 781
    SHARES
  • लागुऔषधसहित ४ जना पक्राउ

    दाङमा प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

    images

    जिल्लाका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी ३८ वर्षीया सुशीला श्रेष्ठ, उनका १९ वर्षीय छोरा रोहन श्रेष्ठ, वडा नम्बर ६ बस्ने ५ वर्षीय धीरज बुढाथोकी र बबई गाउँपालिका–४ घर भएका २० वर्षीय प्रख्यात शाह रहेका छन् ।

    प्रहरीले सुशीला र उनका छोराको साथबाट १९ ग्राम ७ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ थान डिजिटल तराजु, २ थान झिलझिले कागज, ४३ हजार २ सय ७५ रुपैयाँ नगद र ६ थान मोबाइल बरामद गरेको छ ।

    उनीहरुलाई लागूऔषध ब्राउनसुगर बिक्रीका लागि पुरिया बनाइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै बुढाथोकी र शाहको साथबाट ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ४ जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology