Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हत्या आरोपी दुई वर्षपछि पक्राउ

हत्या आरोपी दुई वर्षपछि पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • १७:०४:०५ बजे
  • 742
    SHARES
  • हत्या आरोपी दुई वर्षपछि पक्राउ

    बोदे बरसाइन नगरपालिका–५ जाँजरका २५ वर्षीय लुकमान मियाँ श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल र नगद नदिएको भन्दै विष खुवाएर पत्नीको हत्या गरेको आरोपमा लुकमान आइतबार पक्राउ परेका हुन् ।

    images

    लुकमानसहित परिवारका सदस्यहरू मिलेर २ फागुन ०७६ मा २२ वर्षीया रोशन खातुनलाई विष खुवाएर हत्या गरेको आरोप छ । घटनाको बिषयमा मृतकका बुबा जहिरुदिनले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएका थिए ।

    प्रहरीले जाहेरी दर्ता नगरेपछि जहिरुदिनले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले २९ मंसिर ०७७ मा लुकमानलाई पक्राउ गर्ने परमादेश दिएको थियो ।

    जाहेरीअनुसार लुकमानकी आमा (मृतककी सासु) ४५ वर्षीया सकिना खातुन, सोही ठाउँका ५५ वर्षीय कलिमुल्ला मियाँ, ४७ वर्षीय सरिमुल्ला मियाँ, महादेवा गाउँपालिका–४ का ३२ वर्षीय हजरत मियाँ र सोही ठाउँकी २७ वर्षीया हमिदा खातुन र २९ वर्षीया रेशमा खातुन पनि हत्यामा संलग्न रहेको आरोप छ । 

    उनीहरूलाई प्रहरीले पक्राउ गर्न अनाकानी गर्दै आएको मृतकका भाइ मोहम्द फिरोजले आरोप लगाए। ३० मंसिर ०७६ मा लुकमानसँग बहिनी (रोशन खातुन)को विवाह भएपछि ससुराली पक्षले दाईजोको निहुँमा पटक पटक धम्की दिँदै आएको फिरोजले बताए । उनले भने, ‘दाइजो नदिएपछि बहिनीलाई कुटपिट गर्दै विष खुवाएर मारे ।’

    बहिनीलाई दाइजो माग्दै कुटपिट गरेको मोबाइल सबै सुनेको फिरोजले बताए ।उनले भने, ‘त्यो रेकर्ड हामीसँग सुरक्षित छ। हामी न्यायको आशामा छौँ ।

    विष खुवाएपछि गम्भीर बनेकी बहिनीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।’ इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले अदालतको पत्रअनुसार लुकमानलाई पक्राउ गरी मुद्दा दर्ता गरेको बताए । उनले भने, ‘घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको छ।

  • सम्बन्धित विषय:

  • # दुई वर्षपछि पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology