Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराको फेवाताल किनारमा आगलागी,पाँच रेष्टुरेन्ट ध्वस्त

पोखराको फेवाताल किनारमा आगलागी,पाँच रेष्टुरेन्ट ध्वस्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १०:०६:२० बजे
  • 664
    SHARES
  • पोखराको फेवाताल किनारमा आगलागी,पाँच रेष्टुरेन्ट ध्वस्त

    पोखराको फेवाताल किनारमा आगलागी भएको छ ।

    images

    ताल किनारमा रहेका रेष्टुरेण्टमा आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा जलेका छन् ।

    डेढ करोड भन्दा बढी क्षति देखिन्छ,’ बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले भनिन्, ‘अझै क्षतिको विवरण पूरा आएको छैन । थपिन सक्छ ।’ आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

    ‘आगलागीको कारण खुलेको छैन । आज बिहान ३ बजेदेखि आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् । करिब ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो ।

    विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी आगलागीको कारण खुल्न सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # पोखराको फेवाताल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology