Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जीप दुर्घटनाः मृतकको संख्या ६ पुग्यो, चालकको पनि मृत्यु

जीप दुर्घटनाः मृतकको संख्या ६ पुग्यो, चालकको पनि मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १०:५३:०१ बजे
  • 709
    SHARES
  • जीप दुर्घटनाः मृतकको संख्या ६ पुग्यो, चालकको पनि मृत्यु

    बैतडीमा जन्ती बोकेको जिी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

    images

    बैतडीको दशरथचन्द नगरपालिका२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पताल राखिएको छ । जीपमा सवारमध्ये पाँच जनाको भने घटनास्थलमै मृत्यु भएको थियो ।

    दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए ।

    शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology