Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक सातादेखि हराइरहेकी महिला मृत फेला

एक सातादेखि हराइरहेकी महिला मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • १०:५१:२४ बजे
  • 1.2K
    SHARES
  • एक सातादेखि हराइरहेकी महिला मृत फेला

    गोरखामा विगत एक सातादेखि हराइरहेकी एक महिला मृत अवस्थामा भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् ।

    images

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन् ।

    उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौंदीखोला किनारमा मृत अवस्थामा फेला पारिएको हो ।

    तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महिला मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology