Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु

बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • ११:२५:२९ बजे
  • 1.0K
    SHARES
  • बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु

    सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलवबार बिहान मृत्यु भएको छ ।

    images

    गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका–६ जलजलेको मोहनपुरको जंगलमा बसको ढोकाबाट झरेर विराटनगर उपमहानगरपालिका५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

    गाईघाटस्थित आफन्तको आएर फर्किने क्रममा बसबाट झरेका हुन । त्रियुगा बसपार्कबाट विराटनगर घर हिँडेको शर्मा बसको ढोकाबाट चुरोट सेवन गर्ने क्रममा ढोकाबाट झरेको बसका कर्मचारीको भनाइ रहेको छ ।

    शर्माको शव पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # यात्रुको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology