Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ३३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

थप ३३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७८ बुधवार • १९:४५:१३ बजे
  • 796
    SHARES
  • थप ३३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

    देशभर थप ३३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ९२० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३०५ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images

    यही अवधिमा थप २३२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार १२२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । .

    नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार ३६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट थप ४ जनाले ज्यान गुमाएका छन् ।

    हालसम्म देशभर ११ हजार ५१३ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४७ हजार २६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    हालसम्म १ करोड ७३ लाख ४३ हजार ६३९ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८० लाख ५९ हजार ३०२ जनाले पूर्ण मात्रा र ९२ लाख ८४ हजार ३३७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology