Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७८ बुधवार • १९:५१:४० बजे
  • 841
    SHARES
  • महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ

    म्याग्दीको मंगला गाउँपालिका–२,मिठौलाका एक यूवा महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सोमबार साढे ५ बजे तल्लो डडुवाको तुसानीस्थित सानो पाखो खेतमा २६ बर्षिय महिलालाई चिया खान जाउँ भन्दै जंगलमा लगेर जबरजस्ती गरेका २८ बर्षिया लक्ष्मण किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    पीडित महिलाले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पीडकलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरिक्षक विरेन्द्र गुरूङले जानकारी दिनुभयो ।

    गएको साता मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले अश्लिल फिल्म देखाउँदै करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    म्याग्दीका कात्तिक कात्तिक र मंसिर महिनामा मात्रै १० बर्ष मुनिका दुई बालिका, एक महिलालाई सामुहिक करणी र एक अपाङ्क महिलालाई करणीको प्रयास गरेको उजुरीका आधारमा प्रहरीले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology