Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुकुम नरसंहारको बिरुद्द भोली म्याग्दीमा बृहत जन प्रदर्शन

रुकुम नरसंहारको बिरुद्द भोली म्याग्दीमा बृहत जन प्रदर्शन

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

आषाढ ९, २०७७ मंगलवार • १९:३१:०४ बजे
  • 3.6K
    SHARES
  • रुकुम नरसंहारको बिरुद्द  भोली म्याग्दीमा बृहत जन प्रदर्शन

    मयूरपाटी- पश्चिम रुकुम चौरजहारीको सामुहिक नरसंहार लगाएत देशको बिभिन्न ठाँउमा गरिएका क्रुरहत्याको बिरुद्द संयुक्त राजनीतिक दलित संघर्ष समिती म्याग्दी र दलित युवासंजाल म्याग्दीको संयुक्त आयोजनामा असार १० गते म्याग्दीमा बृहत र्याली आयोजना गरिएको छ।

    images

    संयुक्त राजनैतिक दलित संघर्ष समिति केन्द्रको दोस्रो चरणको आन्दोलन स्वरुप म्याग्दीमा कार्यक्रमको आयोजना गरिएको संघर्ष समिती म्याग्दीका सल्लाहाकार टेकबहादुर बिकले मयुरपाटीलाई जानकारी दिए ।

    रुकुम लगायत देशै भरी जातीयको आधारमा हत्या गरिएका नवराज विक, गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टिकारम सुनार, गोविन्द शाही, शम्भु सदा, अंगिरा पासीको स्वच्छ छानबिन गरि  पिडकहरुलाई राज्यले कारबाही गर्नु पर्ने र पीडित परिवारहरुलाई न्यायसहित राहत को माग सहित कार्यक्रमको आयोजना गरिएकोले सबै न्याय प्रेमी युवा,बिधार्थी तथा आम जनसमुदायलाई उपस्थित हुनको लागी संयुक्त राजनितिक दलित संघर्ष समिती म्याग्दीका अध्यक्ष यामकिसानले अपील गर्नु भएको छ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology