Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुर्घटना

मोटरसाइकल राप्ती नदीमा खस्दा एक युवाको मृत्यु, एक बेपत्ता

मोटरसाइकल राप्ती नदीमा खस्दा एक युवाको मृत्यु, एक बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०७७ आइतवार • ११:०२:५८ बजे
  • 1.4K
    SHARES
  • मोटरसाइकल राप्ती नदीमा खस्दा एक युवाको मृत्यु, एक बेपत्ता
    दाङमा सानो राप्ती नदीमा मोटरसाइकल खस्दा एक युवाको मृत्यु भएको छ भने अर्का एक वेपत्ता भएका छन्।

    लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट-गढवा जाँदै गर्दा गए राति ११ बजे बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँएर नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए।

    घटनामा दाङको गढवा गाउँपालिका-७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन्।

    बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ।
    रासस

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology