Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • १०:५२:२७ बजे
  • 589
    SHARES
  • जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

    झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

    images

    बिहीबार बिहान ६ः३० बजे भद्रपुर नगरपालिका–९ का ६० वर्षीय राम बहादुर बुर्जा मगरको मृत्यु भएको हो । उनलाई बिहान मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेको बेला हात्तीले आक्रमण गरेको थियो ।

    उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

    घटनापछि ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले बन कार्यालयसँग समन्वय गरी मृतकको शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जंगली हात्ती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology