Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महाधिवेशनका कारण मालवाहक सवारी रोकिए

महाधिवेशनका कारण मालवाहक सवारी रोकिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • ११:०६:५८ बजे
  • 802
    SHARES
  • महाधिवेशनका कारण मालवाहक सवारी रोकिए

    काठमाडौंबाट नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै चल्ने ठूला मालवाहक गाडीलाई आज काठमाडौंमै रोकिएको छ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण ट्राफिक व्यवस्थापन गर्न भन्दै मालवाहक गाडीहरुलाई काठमाडौंमै रोकिएको हो ।

    images

    महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यी गाडीलाई नागढुङ्गाबाट प्रवेश गर्न दिइएको छैन । ठाउँठाउँमा मालवाहक गाडीको लामो लाइन देखिएको छ ।

    कलङ्कीदेखि नागढुङ्गा सडक खण्डका केही ठाउँमा गाडीहरु रोकिएका छन् । त्यस्तै, ललितपुरको धोबिघाटदेखि कलङ्कीसम्म पनि गाडीको लामो लाइन छ ।

    एमालेको महाधिवेशनका कारण ट्राफिक व्यवस्थापनमा चाप पर्ने भएकाले ठूला मालवाहक गाडीलाई आज दिनभरि नै रोक लगाउने ट्राफिकको योजना छ ।

    आज पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा पनि मालवाहक गाडीहरुलाई चितवन तर्फ आउन दिइएको छैन ।

  • सम्बन्धित विषय:

  • # मालवाहक सवारी रोकिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology