Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालद्वारा मलेसिया पराजित, ग्लोबल छनोटको सम्भावना कायमै

नेपालद्वारा मलेसिया पराजित, ग्लोबल छनोटको सम्भावना कायमै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १०, २०७८ शुक्रवार • १४:५०:४७ बजे
  • 1.1K
    SHARES
  • नेपालद्वारा मलेसिया पराजित, ग्लोबल छनोटको सम्भावना कायमै

    आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । नेपालको ४ खेलमध्ये यो लगातार तेस्रो जित हो ।

    images

    यो जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । शुक्रबार दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा ग-यो ।

    नेपालका लागि सीता राना मगरले सर्वाधिक ३० रनको योगदान गरिन्, भने कप्तान रुविना क्षेत्रीले २० रनको योगदान गरिन् । त्यस्तै सरिता मगरले १५ रन र कविता कुँवरले १० रन जोडे ।

    यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन जोड्यो ।

    जसका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन्, भने मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान गरे ।

    त्यस्तै नेपालका लागि सवनम राईले सर्वाधिक २ विकेट हात पारिन्, भने कप्तान रुविना क्षेत्री, सीता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे । नेपालले चार खेलमा तीन जितसँगै ६ अंक जोडेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology