नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा २७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ७ हजार ८२९ आरटी पिसिआर र २ हजार ६१७ एन्टिजेन गरी कुल १० हजार ४४६ जनामा परीक्षण गरिएकोमा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ७ हजार २८७ जना संक्रिय संक्रमित छन् ।
मन्त्रालयकाअनुसार शुक्रबार देशभरबाट ३०२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ ।
निको हुने दर ९७.७ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा २ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।