फाइल तस्बिर
म्याग्दीको रघुगगां र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा विद्युत सेवा बन्द भएको छ ।
रघुगगां गाउँपालिका पिप्ले रानीपौवा स्थित भारी वर्षाको कारण पहिरोले ११ के.भि लाईनको ६ पोल भाचिएको छ भने पाँच पोल ढलेको छ ।
उक्त स्थानमा पहिरोको कारणले लाईन मर्मत गर्न निकै कठिन भएको हुनाले रुट लाईन नै परिवर्तन गर्न करिब १५ वटा पोलको आवश्यक पर्ने म्याग्दी विद्युत बितरण केन्द्रले जानकारी दिएको छ ।
म्याग्दी विद्युत बितरण केन्द्रका अनुसार विद्युत लाईन मर्मत गर्न २ / ३ दिन लाग्न सक्नेछ । विद्युत लाईन मर्मत कार्य सम्पन्न भए पश्चात् मात्र रघुगगां र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा विद्युत सुचारु हुने म्याग्दी बितरण केन्द्रको फेसबुक मार्फत जानकारी दिएको छ ।