Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम :देशभर चिसो बढ्यो

आजको मौसम :देशभर चिसो बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • ०८:५१:३२ बजे
  • 1.1K
    SHARES
  • आजको मौसम :देशभर चिसो बढ्यो

    बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । आज बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको मौसममा बदली भएको छ ।

    images

    तराईमा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ ।

    पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्रीसेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस २.८ डिग्री रहेको छ ।

    आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागको मौसममा बदली रहनेछ । त्यस्तै ती क्षेत्रका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

    आज राति प्रदेश १ र बागमती प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology