Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालीलाई भारत प्रवेशमा कडाई

नेपालीलाई भारत प्रवेशमा कडाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • ०९:०१:१७ बजे
  • 808
    SHARES
  • नेपालीलाई भारत प्रवेशमा कडाई

    भारतीय बजार धार्चुला जान नेपाली नागरिकले परिचपत्र अनिवार्य देखाउनुपर्ने भएको छ । नेपाल–भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन सूचनाबोर्ड नै टाँसेको छ ।

    images

    हरेक दिन मदजुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ ।

    सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीलाई पुलमै लाइन लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेश दिइरहेका छन् ।

    राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्रमध्ये एउटा परिचयपत्र देखाए मात्रै भारत जान दिइँदैछ । पाँच प्रकारका परिचयपत्रमध्ये कुनै एउटा देखाएमा मात्रै भारत प्रवेश गर्न दिइने एसएसबीको सूचना पाटीमा उल्लेख छ । भारतले व्यासको छाङरू र तिंकरमा जनगणनामा असहयोग पनि गरेको थियो ।

    भारतको बाटो भएर हिँडने अनुमति नदिएपछि जनगणना टोलीलाई बिहीबारमात्रै हेलिकप्टरबाट खलंगा ल्याइएको छ । अतिक्रमित नेपाली भूमिमा पर्ने कुटी, नाभि र गुञ्जीमा नेपालले जनगणना गर्नसक्ने भन्दै भारतीय सुरक्षा निकाय सशंकित बनेको छ ।

    नेपालमा राष्ट्रिय जनगणना भइरहेकोले गणक अतिक्रमित क्षेत्रसम्म पुग्न भारतीय बाटो प्रयोग गर्न सक्ने भन्दै सीमापुलमा निगरानी बढाएको छ । सीमा क्षेत्रमा आवतजावत सहज बनाउने प्रयास भइरहेको पुलघाट प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज खड्काले बताए ।

    आवतजावत सहजका विषयमा कोतवाली धार्चुलाका इन्चार्जसँग कुराकानी गरिएको उनको भनाइ छ । भारतीय एसएसबीले दशैँतिहारमा पनि भारतीय क्षेत्रमा प्रवेश गर्न परिचयपत्र अनिवार्य गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # भारत प्रवेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology