Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

१५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • ११:०३:२२ बजे
  • 1.4K
    SHARES
  • १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    पर्सामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

    images

    ती किशोरीलाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरिदिने जस्ता विभिन्न प्रलोभन देखाई गत जेठ १० गतेदेखि असोज ६ गतेसम्म विभिन्न स्थान तथा खेतमा लगी अन्सारीले पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    यता बर्दियामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका-२ बस्ने ५४ वर्षीय चिन्कौ थारुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    ती महिलालाई २०७७ कात्तिक ९ गते जबरजस्ती करणी गरी फरार भएका थारुको जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गुलरिया नगरपालिका-३ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ हो ।

    उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय गुलरिया बर्दियामा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # एक पुरुष पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology