Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितवनमा इतिहाँसमै सवैभन्दा वढि गर्भनिरोधक अस्थायी साधनको माग

चितवनमा इतिहाँसमै सवैभन्दा वढि गर्भनिरोधक अस्थायी साधनको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • ११:४२:३४ बजे
  • 1.2K
    SHARES
  • चितवनमा इतिहाँसमै सवैभन्दा वढि गर्भनिरोधक अस्थायी साधनको माग

    नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा गर्भनिरोधक अस्थायी साधनको बिक्री बढेको छ । बजार क्षेत्रका औषधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरुमा अस्थायी साधन खरिदविक्रि वढेको वताईएको छ।

    images

    अप्रत्यासित रुपमा अस्धायी साधनको माग वढेपछि औषधी ब्यवसायीहरु आस्चर्यमा परेका छन् । यसअघि समान्य रुपमा माग हुने अस्थायी साधनको माग वढेपछि औषधी पसलदेखि पान पसल, केहि होटलको काउन्टर तथा किराना पसलमा पनि गर्भनिरोधक साधन पाउन थालेको छ।

    विशेष गरी कण्डम, गर्भ निरोधक चक्कीहरु पिल्स, एस्ट्रोजेन, मिनिपिल तथा केही सुईहरुको माग बढेको औषधी ब्यवसायीहरु वताउँछन् ।

    जथाभावी कण्डम तथा पिल्स विक्रि हुन थालेपछि औषधी पसले भने रुष्ट छन्। जथाभावी अस्थायी साधन विक्रि हुँदा समेत नियन्त्रण गर्ने निकायले वेवास्ता गरेको उनीहरुको गुनासो छ। एमालेको अधिवेशनका कारण अहिले चितवनका सवै होटलहरु खचाखच भरिएका छन् ।

    जसमा प्राय जोड़ी, प्रेमी र धेरै जसो दम्पत्तिहरु नै सहभागी छन् । त्यसैले पनि अस्थायी साधनको माग वढेको हुन सक्ने औषधी ब्यवसायीहरुको अनुमान छ। एक ब्यवसायीका अनुसार चितवनमा इतिहाँसमै पहिलो पटक यति धेरै अस्थायी साधनको माग भएको हो।

    अस्थायी साधनमा पनि कण्डमको माग अधिक छ। गर्भ रोक्ने र एचआईभीलगायतका यौन प्रसारित संक्रमणहरुवाट पनि वचाउने हुनाले पनि कण्डमको माग वढेको हुनसकने उनी वताउँछन् । नेपाल आजबाट साभार

  • सम्बन्धित विषय:

  • # अस्थायी साधनको माग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology