Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएको केही घण्टामै मृत्यु

कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएको केही घण्टामै मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७७ आइतवार • १८:१६:२८ बजे
  • 1.7K
    SHARES
  • कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएको केही घण्टामै मृत्यु
    वीरगञ्ज– वीरगञ्जका एक व्यक्तिको कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएको केही घण्टामै मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज–१३ का ५६ वर्षीया एक पुरुष छन् । 


    ती पुरुष कोरोना संक्रमण पुष्टि भई नारायणी अस्पताल मातहत रहेको अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार गराएर शनिबार राति डिस्चार्ज भएका थिए । कोरोना निको भएपछि अस्पतालले ती पुरुषलाई अन्य अस्पतालमा लैजान दबाब दिएको थियो । 

    डिस्चार्जपछि उनी वीरगञ्जको नारायणी बयोधा अस्पताल भर्ना भएका थिए । उनको शनिबार राति साढे ११ बजे मृत्यु भएको थियो । उनमा झाडापाखालाको समस्या भएको र अक्सिजनको कमी भएकाले सुविधासम्पन्न अस्पतालमा लैजान कोभिड अस्पतालले सल्लाह दिएको थियो । 

    उनको आइतबार नै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । जेठा छोरा क्वारेन्टिनमा रहेकाले कान्छा छोराले दागबत्ती दिएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology