Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुकुन्देले गरे ‘सरप्राइज’ इन्गेजमेन्ट

मुकुन्देले गरे ‘सरप्राइज’ इन्गेजमेन्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७८ शनिवार • २०:२०:३० बजे
  • 700
    SHARES
  • मुकुन्देले गरे ‘सरप्राइज’ इन्गेजमेन्ट

    मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् । उनले शनिवार झापाकी इन्दिरा सङ्ग्रौलासँग औँठी र फूलमाला साटासाट गरेका हुन् ।

    images

    घिमिरे कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका थिए । हाल सामाजिक सञ्जालमा सक्रिय र परिचित रहेका छन् ।

    पछिल्लो केही महिनायता उनले मंसिरमा बिहे गर्ने भन्दै क्लब हाउस, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत केटी खोजिरहेको बताइरहेका थिए ।

    मुकुन्देले इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका छन् । तर बिहेको मितिबारे भने सार्वजनिक गरेका छैनन् ।

    अरु भन्दा आफू फरक व्यक्ति रहेको बताउँदै आएका मुकुन्देले समृद्ध नेपाल बनाउने परिकल्पनाहरू सार्वजनिक गर्दै आएका छन् ।

    उनले नेपालको पहाडमा रेल चलाउने, तराईमा हेलिकोप्टरबाट मल बिउ छर्ने समृद्ध नेपाल मुकुन्दल्याण्ड बनाउने बिचार प्रकट गर्दै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology