Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वडा अध्यक्षसहित ६५ जनामा कोरोना पुष्टि भएसँगै बारामा अनिश्चितकालका लागि निषेधाज्ञा

वडा अध्यक्षसहित ६५ जनामा कोरोना पुष्टि भएसँगै बारामा अनिश्चितकालका लागि निषेधाज्ञा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७७ आइतवार • २३:०१:५९ बजे
  • 1000
    SHARES
  • वडा अध्यक्षसहित ६५ जनामा कोरोना पुष्टि भएसँगै बारामा अनिश्चितकालका लागि निषेधाज्ञा
    रौतहटमा आइतबार थप  ६५  जना समुदायको मानिसमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । एकैदिन वडा अध्यक्षसहित ६५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै बारामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

    दैनिक रुपमा संक्रमित बिरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।आम नागरिकको जीवनरक्षा तथा रोग संक्रमण नियन्त्रण गर्न आज बसेको कोभिड समन्वय समितिको बैठकको निर्णयअनुसार भोलि बिहान ५ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको हो ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बाराका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको सिडिओ रुद्रप्रसाद पण्डितले जानकारी दिए ।


    आईतबारको रिपोर्टअनुसार संक्रमित पुष्टि हुनेहरु जीतपुर सिमरा उपमहानगरपालिकामा ३५ जना, महागढीमाई नगरपालिकामा १७ जना, करैयामाई गाउँपालिकामा १० जना र कलैया उपमहानगरपालिकामा ३ जनामा कोरोनाको संक्रमण देखा परेको सिडिओ पण्डितले  जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology