Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जनगणनामा छुटेकाहरूलाई वैकल्पिक माध्यमबाट गणनामा सहभागी गराउने तयारी

जनगणनामा छुटेकाहरूलाई वैकल्पिक माध्यमबाट गणनामा सहभागी गराउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १७:१२:२१ बजे
  • 580
    SHARES
  • जनगणनामा छुटेकाहरूलाई वैकल्पिक माध्यमबाट गणनामा सहभागी गराउने तयारी

    तथ्यांक कार्यालय जनकपुरले जनगणनामा छुटेकाहरूलाई वैकल्पिक माध्यमबाट गणनामा सहभागी गराउने तयारी गरेको छ ।

    images

    गणनामा सहभागी हुन नसकेकाहरूले कार्यालय मै गएर वा कार्यालयले उक्त व्यक्तिको घरमै गणक पठाएर तथा मोबाइलबाट पनि जणनामा सहभागी गराउने कार्यालयले जनाएको छ ।

    फेसबुकसहित अन्य सामाजिक सञ्जाल र फोनबाट उजुरी गरेकाहरूलाई सम्पर्क गरी जनगणनामा सहभागी गराएको तथ्यांक कार्यालय जनकपुरधाम धनुषाका प्रमुख जनगणना अधिकारी विमलकुमार यादवले बताए ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २, ४, १३, र १४ मा गणना नभएकाहरू कार्यालयमै आएर जनगाणनामा सहभागिता जनाएका छन्, प्रमुख यादवले भने, ‘जनगाणनाको क्रममा छुटेका, घरमा कोही नभेटिएका र दुई स्थानमा बसोबास गर्नेहरू गणनामा छुटेको हुन् ।’

    गणकको काम गर्ने म्याद समाप्त भए पनि छुटेका घरलाई जनगणनामा समावेश गर्न सुपरीवेक्षक र गणकलाई परिचालन गरेको प्रमुख यादवले बताए । गुनासो आएपछि तथ्यांक रुजु गर्दा गुनासो गर्नेको घरमा गणकले गणना गरेको पाइएको छ ।

    घरमा पुरुष वा घरमुली नभएको बेला महिला वा उपस्थित भएकै व्यक्तिलाई उत्तरदाता बनाएर गणना गरिएको छ । दिनभरी घरबाहिर बस्नेहररू गणक घरमा नआएको गुनासो गर्ने गरेको पाइएको यादवले बताए ।

    घरका सबै सदस्यको नाम र विवरण राखेर उत्तरदातामा उपस्थित भएका सदस्यको नाम राख्ने व्यवस्था छ ।

    धान काट्ने र गहुँलगायत अन्य बाली लगाउने हिउँदको समयमा जनगणना हुँदा प्रदेश २ का जिल्लामा तोकिएको समयमा घरमा पुगेका गणकले घरमुली र अन्य सदस्य फेला पार्न समस्या भएको तथ्यांक कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जनगणना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology