सोमबार नेपालमा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार २३१ पिसिआर र २ हजार ६५७ जनाको एन्टिजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कुल संक्रमितको संख्या ८ लाख २१ हजार १२१ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९४४ जना सक्रिय संक्रमित छन् ।
हाल ९८ जना क्वारेन्टिनमा छन् । १५९ जना आइसियू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । सोमबार २६४ जना संक्रमित निको भएका छन् ।
यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको छ। कोरोनाकै कारण १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ ।