Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीमा बोलेरो जिप दुर्घटना हुदा २ जनाको मृत्यु,६ जना घाइते

म्याग्दीमा बोलेरो जिप दुर्घटना हुदा २ जनाको मृत्यु,६ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १३, २०७८ सोमवार • १८:३४:४७ बजे
  • 874
    SHARES
  • म्याग्दीमा बोलेरो जिप दुर्घटना हुदा २ जनाको मृत्यु,६ जना घाइते

    file photo 

    images

    म्याग्दीको रघगंगा गाउँपालिका १ बेगखोलामा सोमबार बोलेरो जिप दुर्घटना भएको छ ।

    बेनी बाट बेगखोला जाँदै गरेको निलगिरी यातायातको ग १ ज ७२५१ नम्वरको जिप साँझ करिव ५ बजेको समयमा बेगखोला देखि केहि माथीको घुम्तीमा दुर्घटना हुँदा जिपमा सवार ८ जना मध्य २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

     ६ जना गम्भिर घाइते भएको छन । जिप सडक बाट करिव १ सय ५० मिटर तल खसेको छ । अहिले त्यहाँ स्थानीयले घाइतेको उद्धार गरिरहेका छन । बेनी बाट एम्वुलेन्स घटना स्थलमा पुगेको छ ।

    बेग स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुबाट प्राथमिक उपचार पछि घाइतेहरुलाई बेनी अस्पताल ल्याइदै छ । बेलुकीको समय भएकाले उद्धारमा कठिनाइ भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology