Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लिदी पहिरामा ४७ जना हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी, १९ जनाको शव भेटियो

लिदी पहिरामा ४७ जना हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी, १९ जनाको शव भेटियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३२, २०७७ आइतवार • २३:०५:४५ बजे
  • 796
    SHARES
  • लिदी पहिरामा   ४७ जना हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी, १९ जनाको शव भेटियो
    नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ लिदीमा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार,  गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीयको सहयोगमा हालसम्म चार महिला, तीन पुरुष, पाँच बालिका र सात बालकको शव फेला पारेको छ ।

    सेनाका ४७ जनाले उक्त पहिरामा परी हराइरहेका २० व्यक्तिको खोजी कार्य अझै जारी राखेको जानकारी दिइएको छ । 

    पीडित परिवारलाई तत्काल राहतका लागि सेनाले हेलिकप्टरबाट खाद्यान्न, लत्ता कपडा, पाललगायत अत्यावश्यक राहत सामग्री उक्त स्थानमा पु¥याइएको छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology