Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन : विमानस्थल र सीमानाकामा कडाइ, स्वास्थ्य परीक्षण अनिवार्य

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन : विमानस्थल र सीमानाकामा कडाइ, स्वास्थ्य परीक्षण अनिवार्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७८ मंगलवार • १०:४६:०२ बजे
  • 1.1K
    SHARES
  • कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन : विमानस्थल र सीमानाकामा कडाइ, स्वास्थ्य परीक्षण अनिवार्य

    कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकाहरुमा कडाइ गरिएको छ । त्यहाँ सबैका लागि स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ ।

    images

    कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीले दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस अरु देशमा पनि फैलन थालेको हुँदा सतर्कता अपनाउन सरकारलाई सिफारिस गरेको छ । 

    अहिलेसम्म कुन–कुन देशबाट आउनेलाई कति हप्तासम्म प्रतिबन्ध लगाउने भन्ने बारेमा निर्णय भइनसकेको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिइन ।

    सीसीएमसीसीको सुझाव अनुसार विभिन्न देशबाट नेपाल आउने नागरिकको स्वास्थ्य परिक्षण तथा व्यक्तिगत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल भित्रिने सबै नाकामा कोरोना संक्रमणको लक्षण देखिएका बिरामीलाई जाँच गर्ने र आवश्यक व्यक्तिलाई एक हप्ता क्वरेण्टीन राख्न थालिएको बताए ।

    त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका सबै नाकामा रहेका सहायता कक्षमा छिमेकी देशबाट भित्रिने हरेक व्यक्तिउपर निगरानी गर्न थालिएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology