कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
दुर्घटनामा परि बस चालकको मृत्यु भएको छ । मृतक चालक पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल रहेका छन् । बसमा सवार अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
डिएसपी तिवारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ ।
पोखराबाट बागलुङ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस आज बिहान अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ पाउदुरमा दुर्घटना भएको थियो । बस सडकभन्दा अन्दाजी ३० मिटर तल खसेको छ ।