Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पर्सा पोखरिया नगरपालिकाका मेयरसहित परिवारका १४ जनामा कोरोना

पर्सा पोखरिया नगरपालिकाका मेयरसहित परिवारका १४ जनामा कोरोना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७७ सोमवार • ०९:५७:४४ बजे
  • 1.2K
    SHARES
  • पर्सा पोखरिया नगरपालिकाका मेयरसहित परिवारका १४ जनामा कोरोना
    पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियार र उनको परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

    नगरपालिकाका एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा मेयर र उनको परिवारका सदस्यहरुमा पनि कोरोना पोजेटिभ देखिएको हो। मेयर रौनियारसँग निकट सम्बन्ध रहेका अन्य १० जनामा पनि संक्रमण देखिएको पोखरिया अस्पतालले जनाएको छ।

    पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ। पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए।

    पर्सामा गएराति थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये ३८ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन्।

    त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ।

    साउनमा मात्र पर्सा जिल्लामा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology