Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब ११ मुलुकबाट नेपाल आउँदा १० दिन क्वारेन्टाइन बस्नै पर्छ

अब ११ मुलुकबाट नेपाल आउँदा १० दिन क्वारेन्टाइन बस्नै पर्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • १४:०७:३२ बजे
  • 1.1K
    SHARES
  • अब ११ मुलुकबाट नेपाल आउँदा १० दिन क्वारेन्टाइन बस्नै पर्छ

    कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’लाई मध्यनजर गर्दै विभिन्न ११ मुलुकबाट नेपाल आउनेले अब अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

    images

    कोभिड–१९ संकट व्यवस्थापन समान्वय केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइन बस्नैपर्ने बताएकाे छ ।

    कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकी मुलुकहरुमा फैलिरहेको छ । यसबाट बच्नका लागि नेपालले पनि सुरक्षा अवस्था कडा बनाएको हो ।

    नेपाल सरकारले बेल्जियम, बोत्सवाना, इस्वाटिनी, लेसोथो, मोजाम्बिक, जिम्बाब्वे, दक्षिण अफ्रिका, बेल्जियम, हङकङ, इजरायल र तान्जेनियाबाट आउने नागरिकहरुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी निमय ल्याएको हो।

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वयमा यात्रुहरुलाई क्वारेन्टाइनको व्यवस्था गरिने बताएको छ । उनीहरुलाई हाल होटल क्वारेन्टाइनमै राखिने बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology