Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४ घण्टामा कोरोनाबाट ६ को मृत्यु, ३१५ संक्रमित थपिए

२४ घण्टामा कोरोनाबाट ६ को मृत्यु, ३१५ संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • १७:५५:०५ बजे
  • 907
    SHARES
  • २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु, ३१५ संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

    images

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिए ।

    यस्तै २४ घण्टाको अवधिमा ११ हजार ४०३ जनामा कोरोना परीक्षण हुँदा ३१५ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २०१ जना संक्रमणमुक्त बनेका छन् ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ हजार ४५ जना रहेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ९४९ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५४६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ३६९ जनामा संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology